१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १ आइतबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १ आइतबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

परिस्थिति परिवर्तन भए सरकारमा जान सकिन्छ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १ आइतबार o७:४७:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिस्थिति परिवर्तन भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । तर, अहिलेको अवस्थामा सरकारमा नजाने उनले स्पष्ट पारे । रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा नेपालले सरकार गठन प्रक्रियामा सहभागी नभएको र सरकारमा जानेबारे पनि नसोचेको बताए । 

सरकारले अघि सारेका कार्यक्रम हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनले स्पष्ट पारे । ‘परिस्थिति परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिन्छ । तर, अहिले नै त्यस्तो कुनै तयारी छैन,’ उनले भने । सत्ता र शक्तिले घमन्डी बनाउन सक्ने भन्दै नेपालले विनम्रतापूर्वक काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव पनि दिए । सम्पूर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्न पनि उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्य मनोनीत

एकीकृत समाजवादीले पूर्वमन्त्री तथा वामपन्थी नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । एकीकृत समाजवादीको शनिबार बसेको सचिवालय बैठकले उनलाई सचिवालय सदस्यमा मनोनीत गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । सचिवालयको उक्त निर्णयलाई शनिबार नै भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटीले अनुमोदन गरेको छ ।

एमाले पूर्वउपमहासचिव भुसाल शुक्रबार मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी अघिल्लो निर्वाचनमा निर्वाचित भएको क्षेत्रमा एमालेले यसपटक राप्रपाका उम्मेदवार दीपक बोहरालाई समर्थन गरेको थियो । ०७४ को निर्वाचनमा भुसालले बोहरालाई पराजित गरेका थिए । भुसाललाई एकीकृत समाजवादीको महासचिव बनाउने तयारी रहेको एक नेताले बताए । ती नेताका अनुसार महासचिव डा. भुसाललाई उपाध्यक्ष बनाउने तयारी छ ।

ad
ad
ad
ad