मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३० शनिबार १९:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३० शनिबार १९:४९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। 

आज साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ नेताका नेताहरूबीच छलफल चलिरहेका छन्।  

आज बिहान मात्रै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् विस्तारकै बारेमा छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्डलाई मंगलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त भएको थियो।