१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार ११:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंकका अध्यक्षको शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार ११:३१:००

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पुस २६ मा भएको बैंकको १५औँ वार्षिक साधारणसभाबाट निर्विरोध सञ्चालक हुँदै सर्वसम्मत अध्यक्ष चयन भएका चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथ लिएका हुन् । 

नवनियुक्त अध्यक्ष भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न संस्था तथा होटेल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रही कार्य अनुभव हासिल गरेको जनाइएको छ ।

उनले साबिक लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालक, नाडेप लघुवित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकको अनुभव हासिल गरिसकेको बैंकले जनाएको छ ।

समाज सेवातर्फ उनले रोटरी इन्टरनेसनलसँग विगत दुई दशकभन्दा बढी समयदेखि आबद्ध रही सन् २०१८/०१९ का लागि नेपाल–भुटान डिस्ट्रिक गभर्नर रही सामाजिक सेवामा समेत निरन्तर योगदान पुर्‍याउँदै आएको जनाइएको छ ।