मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ पौष २८ बिहीबार ११:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंकको लाभांश पारित

Read Time : < 1 मिनेट
२०७९ पौष २८ बिहीबार ११:३४:००

लुम्बिनी विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १५औँ वार्षिक साधारणसभाले आब ०७८/७९ को मुनाफाबाट ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरी आव ०७९/८० का लागि लेखापरीक्षकको नियुक्तिलगायत प्रस्ताव पारित गरेको जनाइएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा आव ०७८/७९ को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष सहभागी भएका सेयरधनीले राखेका जिज्ञासाहरूको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले स्पष्ट पारेको जनाइएको छ । 

साथै, साधारणसभाले नयाँ सञ्चालक समितिको निर्विरोध चयन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट चिन्तामणि भट्टराई, रामचन्द्र सिग्देल र प्रवीणकृष्ण श्रेष्ठ चयन भएको उल्लेख छ । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ । हाल बैंकले देशका सातवटै प्रदेशमा जम्मा ८८ शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।