मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Monday, 31 August, 2026
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २६ मंगलबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयो : रेखा शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार १६:o८:oo

माओवादी केन्द्रकी सांसद रेखा शर्माले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गरेको बताएकी छिन्। मंगबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएकी हुन्।

उनले राजनीतिक दलहरूबीच फेरि पनि सहकार्यको आवश्यकता रहेको बताइन्। देशलाई अप्ठ्यारो परेको वेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको सुरुवात हुन लागेको भन्दै उनले खुसी व्यक्त गरिन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने उनको विश्वास छ। कुनै पार्टीले बहुमत प्राप्त गर्न नसकेकाले जनादेशअनुसार नै अहिलेको सरकार बनेको प्रस्ट्याइन्।