मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Monday, 16 December, 2024
२o७९ पौष २६ मंगलबार o९:३९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अपांगता भएकाहरूको राष्ट्रिय कार्यशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार o९:३९:oo

अपांगता भएकाहरूलाई समावेशी ढंगबाट शिक्षामा जोड्ने कार्ययोजना तयार गर्न भरतपुरमा गोष्ठी सम्पन्न भएको छ । सातवटा प्रदेशबाटै राष्ट्रिय अपांग महासंघमा आबद्ध भएका संस्थाका प्रतिनिधिहरूलाई सहभागी गराएर अटिजम केयर चितवन सोसाइटीले ९ देखि २२ पुससम्म गोष्ठी आयोजना गरेको थियो ।

गोष्ठीलाई हेन्डिक्याप इन्टरनेसनल र युके एड्ले सहयोग गरेका थिए । कार्यक्रममा चितवनका आठ संस्थाका प्रतिनिधिसहित देशभरका २८ संस्थाका ४९ जनाको सहभागी भएको हेन्डिक्याप इन्टरनेसनलका प्रोजेक्ट सुपरभाइजर रमेश बरालले जानकारी दिए ।

अटिजम केयर चितवन सोसाइटिले भरतपुर र कालिका परियोजना सञ्चालन गरेको छ । जसअन्तर्गत कार्यगत क्षमता पहिचानका लागि विभिन्न विद्यालयमा सोसाइटीले १४ सय ४९ जनालाई सेवा दिएको छ ।

जहाँ विद्यालयबाहिरका एक सय ५५ जना थिए । जसमध्ये आठ सयभन्दा बढीलाई भरतपुर अस्पतालबाट रिफर गरिएको छ । त्यसको खर्च संस्था आफैँले गर्ने परियोजनाका संयोजक सुमन पौडेलले बताए ।