मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७९ पौष २६ मंगलबार ०९:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अधिकतम र न्यूनतम ब्याजदर भन्नाले कुन निक्षेपको ब्याजदर बुझिन्छ ?

Read Time : < 1 मिनेट
२०७९ पौष २६ मंगलबार ०९:१५:००

अधिकतम ब्याजदर भन्नाले बैंकले ब्याज प्रदान गर्ने गरी तोकेको जनुसुकै निक्षेप खाताको ब्याज हुन सक्छ ।

तर, यसका लागि सामाजिक सुरक्षा भत्ताबापतको रकम मात्र जम्मा हुने व्यक्तिगत निक्षेप खाता तथा अक्षयकोषबापतको रकम मुद्दती निक्षेपको रूपमा स्वीकार गर्दा बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको आपसी सहमतिमा कायम भएको ब्याजदर र वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप राख्दा प्रदान गरेको ब्याजदरलाई आधार लिन पाइँदैन ।

यसरी गरी न्यूनतम ब्याजदर भन्नाले बैंकले ब्याजदर प्रदान गर्ने गरी तोकेको जुनसुकै निक्षेप खाताको ब्याज पनि हुन सक्छ । तर, यस प्रयोजनका लागि कल निक्षेपलाई आधार लिन पाइँदैन ।
– नेपाल राष्ट्र बैंक