Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ पौष २५ सोमबार ०७:५६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ पौष २५ सोमबार ०७:५६:००

एमाले अध्यक्ष केपी ओलीले ‘छिमेकी पर्खाल नाघेर पसेर सरकार फेरफार गर्न खोज्दै छन्’ भन्नुको अर्थ के हो ?
यो सब आफूलाई ‘राष्ट्रवादी’ र अर्कालाई ‘अराष्ट्रिय’ देखाउन फैलाइएको हौवा मात्र हो । हाम्रो जस्तो खुला समाज, कमजोर नीति, नियम भएको देशमा विदेशी राजदूत या प्रतिनिधिसित भेटघाट, छलफल र सरसल्लाह भइरहेकै हुन्छ । स्वयं ओलीजीसँगै पनि धेरैको भेटघाट, कुराकानी भइरहेकै होला । यसलाई अन्यथा भन्न मिल्दैन । तर, अरूले यसो गरे, उसो गरे भनेर हल्ला गर्नुको साटो हामीले आफ्नो क्षमता आफैँले बढाउने हो । बाहिरबाहिर उफ्रिएर हुँदैन । 

कूटनीतिमा यस्ता अभिव्यक्तिको कस्तो महत्व हुन्छ ?
यस्तो अभिव्यक्तिलाई कूटनीति भनिन्न । कूटनीतिमा यस्तो बोलिँदैन । कूटनीति शान्त हुन्छ । भेटघाटका क्रममा आफ्नो असन्तुष्टि देखाउन या व्यक्त गर्न सकिन्छ । तर, यसरी बाहिरबाहिर छिमेकीविरुद्ध बोलिन्न । नेताहरूका यस्ता वक्तव्यबाजी या भाषणबाजीले कूटनीतिमा अप्ठ्यारो पार्छ ।

नेपालमा हरेक नयाँ सरकार गठनसँगै छिमेकीको संलग्नताबारे चर्चा किन सुनिन्छ ? 
हाम्रा दुई छिमेकी भारत र चीनको सम्बन्धमा पनि तीव्र प्रतिस्पर्धा छ । अमेरिका र चीनको सम्बन्ध पनि उस्तै छ ।उनीहरूबिच शंका उपशंका पनि छ । यस्तोमा हाम्रो जस्तो भूराजनीतिक महत्व बोकेको देशमा विदेशी शक्ति राष्ट्रहरूले चासो राख्नु अन्यथा होइन । यस्तोमा हामीले आफू बलियो बन्ने हो, उनीहरूलाई गाली गर्ने होइन ।