Skip This
संघीय संसद् : पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २४ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार

संघीय संसद् : पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १८:३५:oo

२५ पुस (भोलि) अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराए।  

संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दै छ। प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णयअनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाइ छ। 

संघीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ। तर, स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए। 

संघीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व छ। सहायक प्रवक्ता धमलाले भने, ‘१२ वटा दलहरूलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्ने। हामीसँग भौतिक संरचना यति नै हो। हामीले सम्भव भएसम्म सबै दलको कम्तीमा एकजना नेता भए पनि अगाडि रहने गरी मिलाउन कोसिस गर्‍यौँ। हरसम्भव प्रयास गर्‍यौँ। सत्तापक्ष र प्रतिपक्ष मोटामोटी रूपमा विभाजन भइसकेको छैन। किनभने प्रधानमन्त्रीले विश्वासको मत लिने काम पर्सी हुँदै छ। हामीले सत्तापक्ष र प्रतिपक्षमा रहने सदस्यहरूको अनुसार दलगत रूपमा सिटको व्यवस्था मिलाइसकेका छौँ।’

सचिवालयका अनुसार अधिवेशनमा सबै दलका संसदीय दलका शीर्ष नेताहरूले बोल्ने कार्यसूची तय गरिएको छ। संघीय संसदमा सांसदहरूले पनि इ–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ।