१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्वर्ण पदक विजेता सन्तोषी सम्माानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२५:oo

कखरा प्री–स्कुलले १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी सन्तोषीलाई कखराले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा सम्मान गरेको हो । 

कखराले यसअघि सागका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर तथा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई पनि सम्मान गरेको थियो । धादिङकी सन्तोषीलाई कखराका प्रबन्ध निर्देशक उमानाथ निरौला र प्रिन्सिपल निशा घिमिरेले सम्मानपत्र प्रदान गरे । 

सम्मानित सन्तोषीले कखराद्वारा आयोजित खेलकुद प्रतियोगितामा सहभागी बालबालिकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । कखराकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदका माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, इमान र प्रसिद्धिले कलिला बालबालिकाहरूलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने विश्वास व्यक्त गरिन् । 

ad
ad