मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २३ शनिबार १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय २६ पुसमै हुन्छ : कांग्रेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १५:४१:oo

कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन (२६ पुस) नै उनकाे समर्थन गर्ने वा नगर्ने निर्क्योल गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सबेको बैठकमा विश्वासको मतलगायत अन्य समसामयिक विषयमा छलफल भएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन्।

शुक्रबार माओवादी केन्द्रका नेता जनार्दन शर्माले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। 

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी ओलीले यो सरकार ढाल्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको बताएका थिए। उनले सांसदहरूलाई देउवाको प्रयासलाई सफल हुन नदिनतर्फ सचेत गराएका थिए। 

कांग्रेसको संसदीय दलको अर्को बैठक २६ पुसका दिन बिहान ९ बजे बस्दै छ।