१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २१ बिहीबार १६:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १६:२७:oo

नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ। बिहीबार आलोकनगरमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि पार्टीको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन्। कार्यदलले वामपन्थीहरूसँग छलफल र परामर्श गर्ने तथा वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्ने काम गर्ने प्रवक्ता खतिवडाले बताए।

वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा भने सरकार पक्षका पार्टीहरूले औपचारिक प्रस्ताव नै नगरेको खतिवडाले बताए।