
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छन्।
प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचाैँ तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए।
उनले भवनबाट सिंहदरबारस्थित अन्य भवन तथा संरचनाको समेत अवलोकन गरेका छन्। सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आमजनताको सहज पहुँच दिलाउनुपर्ने बताए।
मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराए।