१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:३३:oo

आजभन्दा दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ। ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तकको गत शुक्रबार अभि सुवेदी, जोएल हिबोनेट, नवीन सुब्बा, सुष्मा राईले संयुक्त रूपमा विमोचन गरेका हुन्।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखिन्।

यसैगरी पुस्तक प्रकाशक मिडल वे फिल्म्सकी प्रमोटर सुष्मा राईले मोहन राई आफ्नो भाइ भएको र उनले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताइन्।

कार्यक्रममा निर्देशक नवीन सुब्बाले निर्देशनसम्बन्धीआफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकोमा आफूलाई ईर्ष्या लागेको बताउँदै यो किताब अगाडि राखेर मात्र पनि फिल्म निर्देशन गर्ने हो भने अहिले बनिरहेका भन्दा उत्कृष्ट नेपाली फिल्म बनाउन सकिने धारणा राखे।

ad
ad