मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पासपोर्ट र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार ११:३९:oo

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पासपोर्ट र राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई निर्देशन दिएका छन्।

सोमबार देशभरका सिडिओ तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँगको छलफलका क्रममा उनले पासपोर्ट र राष्ट्रिय परिचयपत्र लिन काठमाडौं आउन नपर्ने वातावरण बनाउन निर्देशन दिएका हुन्। उनले आज ७७ वटै जिल्लाका सिडिओ र सुरक्षा समितिका पदाधिकारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन्। 

गृहमन्त्री लामिछानेले मिटरब्याजी र नागरिकताविरुद्धका उजुरी छानबिनलाई तीव्रता दिन तथा जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीको छानबिन गर्नसमेत निर्देशन दिएका छन्। ‘निर्णयमा ऐन, नियम, कानुन, कार्यविधि एवं विवेकको समेत प्रयोग गर्नुहोस्। तपाईं न्याय गर्ने ठाउँमा हुनुहुन्छ। न्याय गर्दा लिपिबद्ध कानुन मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्नुहोस्। यान्त्रिक हिसाबले गरिने निर्णयले सेवाग्राहीले न्याय नपाउन सक्छन्,’ उनले भने।

शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी आवश्यक पूर्वतयारी गर्न पनि गृहमन्त्री लामिछानेले सिडिओ र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।