Skip This
बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका मकवानपुर
२o७९ पौष १८ सोमबार o९:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकको चर्को ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार o९:o३:oo

बैंकहरूले चर्को ब्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायी आन्दोलित बनेका छन् । उनीहरूले तत्काल बैंकको ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्रसमेत बुझाएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् । देशकै अर्थतन्त्र असहज अवस्थामा रहेको वेला बैंकहरूले व्यवसायीसँग चर्को ब्याज असुलिरहेको र ऋण तिर्न दबाब दिने गरेको भन्दै उनीहरूले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका हुन् । 

आइतबार अर्थमन्त्री र गभर्नरलाई ज्ञपानपत्र बुझाएसँगै सोमबार जिल्लामा रहेका विभिन्न पाँचवटा संघमा आबद्ध व्यवसायीले ब्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आमव्यवसायीले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते माग सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलनको तयारी गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेका छन् ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बैंकहरूको अहिलेको ब्याजदरमा नियन्त्रण गरी एकल अंकको हुनुपर्ने, अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ कार्यान्वयन गर्न नहुने, पुँजीगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्नेलगायतका माग रहेको बताए ।