मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Monday, 16 December, 2024
२o७९ पौष १७ आइतबार १३:५४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १३:५४:oo

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट प्रदेश संसदीय दलको नेता चयन भएका छन्। आइतबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले भट्टलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

यसअघि शनिबार बसेको बैठकमा भट्टसँगै वैकल्पिक केन्द्रीय सदस्य ओमविक्रम भाटले पनि दाबी गरेपछि सहमति जुटेको थिएन। भाटले भट्टलाई समर्थन गरेपछि सहमति जुटेको माओवादीले जनाएको छ। ५३ सदस्यीय प्रदेश सभामा माओवादीका ११ सदस्य छन्।

डडेल्धुराको प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भट्ट प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन्। चुनावअघिदेखि नै उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ। चुनावका वेला उनलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको थियो। डडेल्धुरामा चुनावी अभियानका क्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए।

अहिले कांग्रेस–माओवादी गठबन्धन भत्किएर एमाले–माओवादीको नयाँ समीकरण बने पनि सुदूरपश्चिम सरकारको नेतृत्व माओवादीले पाउने सम्भावना प्रबल छ। संसदीय दलको नेता चयन भएसँगै भट्टलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।