मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ पौष १६ शनिबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सीमावर्ती क्षेत्रबाट आएर लुटपाट मच्याउने तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ पौष १६ शनिबार १७:०५:००

छिमेकी मुलुक भारतबाट नेपालमा लुटपाट गर्न आएका तीजनालाई प्रहरीले प्रक्राउ गरेको छ।

भारतको लखिमपुर खिरी जिल्लाको मिलौली बस्ने ३२ वर्षीय राजु इन्द्रिसी, सोही ठाउँ बस्ने २७ वर्षीय मुजिवा बञ्जारा र पलिया हसिम राना गाउँ बस्ने ४२ वर्षीय यसप अलीलाई प्रहरीले पक्राउ गरेको स्थानीय इलाका प्रहरी कार्यालय इन्चार्ज दानबहादुर भण्डारीले जानकारी दिए।

हतियारसहित भारतीय लुटेरा समूह गाउँ पसेको स्थानीयले चाल पाएपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय इलाका प्रहरी कार्यालय इन्चार्ज दानबहादुर भण्डारी नेतृत्वमा प्रहरी टोली उनीहरूलाई गए राति उखुबारीबाट प्रक्राउ गरेको हाे। 

रातभर घेरा हालेर शनिबार बिहान पखतिर उखुबारीमा लुकेको अवस्थामा तीन भारतीय लुटेरा पक्राउ गर्न प्रहरी सफल भएको भण्डारीले बताए। 

उनीहरूको साथबाट पेस्तोलसहित बरामद गरिएको छ। इन्चार्ज भण्डारीले लुटपाटका लागि भारतबाट ५ जना आए पनि तीनजना मात्र पक्राउ गरिएको र बाँकी दुईजना फरार रहेको बताए। 

केही दिनदेखि कञ्चनपुरको दक्षिण बेलौरी सीमावर्ती क्षेत्रमा लुटपाट चोरीडकैतीका घटना सार्वजनिक भएका छन्। ७ पुसमा बेलौरी नगरपालिका १ फटियाका राजेन्द्र भट्टको घरमा चोरीडकैती भएको एक साता नबित्दै फरि बेलौरी नगरपालिका २ बैजुडाँडाका दुई घरमा लुटपाट भएको थियो।

भट्टको घरबाट नगद ३ लाख २० हजारसहित गरगहना लुटपाट भएको थियो। ११ पुसमा भारतीय लुटेरा समूहले बैजुडाँडाका दुई स्थानीय घरमा लुटपाट गरेका थिए। 

बैजुडाँडा सीमावर्ती घर भएका प्रेमनाथ चौधरी र मनोज चौधरीको घरमा भारतीय लुटेरा समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ। चौधरीद्वय परिवारले १०-१२ जना नकाबधारी भारतीय लुटेराले घरमा पसेर नगदसहित धनमाल लुटेर लगेका थिए।