१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Saturday, 29 June, 2024
२o७९ पौष १५ शुक्रबार २२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वनभोजमा विवाद हुँदा सांघातिक आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार २२:o२:oo

वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको पुर्कोटदहमा एक युवामाथि सांघातिक आक्रमण भएको छ । मदाने गाउँपालिका– ६ का १८ वर्षीय सन्तोष कुँवरमाथि आक्रमण भएको हो । 

स्थानीय कन्के देउरालीमा वनभोज खान गएका मदाने– ६ कै ३३ वर्षीय रमेश परियारले कुवरलाई सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए । 

घाइते कुवरको दाइने हातमा ठूलो चोट लागेको छ । उनलाई उपचारको लागि अर्घाखाँची अस्पताल पठाइएको रानाभाटले बताए । 

प्रहरीले परियार र प्युठान झिमरुक गाउँपलिका– ४ बाङेसालका १८ वर्षीय प्रशान्त परियारलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए । 

ad
ad
ad
ad