१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Monday, 21 April, 2025
श्रवण थापा सर्लाही
२o७९ पौष १५ शुक्रबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालो झन्डा गाडेर जनमत पार्टीले गर्‍याे निजी जग्गा कब्जा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार ११:३५:oo

सर्लाहीको हरिपुरमा जनमत पार्टी नेपालका कार्यकर्ताले कालो झन्डा गाडेर निजी जग्गा कब्जा गरेका छन्। बिहीबार हरिपुर नगरपालिका– १ मा रहेको निर्मला मैनाली पन्तको १० कट्ठा जग्गामा जनमत पार्टीका कार्यकर्ताले कालो झन्डा गाडेका हुन्।

बरहथवा नगरपालिका– ९ निवासी मैनालीको नाममा रहेको जग्गामा कालो झन्डा गाड्न जनमतका जिल्ला नेता त्रिभुवन सिंहसहितको टोली हरिपुर पुगेको थियो। उक्त जग्गा मैनालीले स्थानीय उमादेवी महतोलाई झुक्याएर आफ्नो नाममा नामसारी पास गरेको जनमत पार्टीका नेता सिंहको दाबी छ।

हालका जग्गाधनी मैनालीले भने आफूले महतोसँग १० कट्ठा जग्गा चलनचल्तीको मूल्यमा ०७८ सालमा खरिद गरेको बताएकी छिन्। उक्ता जग्गा मैनालीले ०७८ सालदेखि नै भोगचलन गर्दै आएको स्थानीयको भनाइ छ।

बिहीबार खेतमा हिउँदे बाली लगाएपछि जनमत पार्टीले विनाजानकारी आफ्नो जग्गामा कालो झन्डा गाडेर कब्जा गरेको मैनालीको भनाइ छ। जग्गा कब्जा गरेर जनमत पार्टीले आफूमाथि अन्याय गरेको मैनालीले बताइन्।

कुनै पार्टी वा समूहले निजी जग्गामा कालो झन्डा गाडेको बारेमा प्रहरीलाई कुनै जानकारी नआएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। घटनाको विषयमा बुझ्ने प्रहरी नायब उपरीक्षक मिश्रले बताए।