मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १५ शुक्रबार ११:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार ११:२७:oo

गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंको ठमेलस्थित होटेल मर्स्याङ्दीमा उक्त अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, ‘एन्टी मनि लाउन्डरिङ (गो एएमएल)’, सम्पत्ति शुद्धीकरणलगायतका समसामयिक विषयमा छलफल तथा प्रशिक्षण भएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधि तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक र कर्मचारी गरी एक सय १० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

सो क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिबारे आफ्ना भनाइ राखेका थिए।