मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
रासस काठमाडौं
२०७९ पौष १४ बिहीबार १३:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ पौष १४ बिहीबार १३:३३:००

बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु. ५० अर्बबराबरको रिपो जारी गर्ने भएको छ।

पुस मसान्तमा आयकरको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रूपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो।

केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ। कुल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो। 

रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्। उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ।