१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२४औँ पोखरा सडक महोत्सव सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:४९:oo

सडकमै खाऔँ , सडकमै नाचाैँ र सडकमै रमाऔँ भन्ने नाराका साथ बुधबारदेखि पोखरामा २४औँ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । १७ पुससम्म चल्ने महोत्सव अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्वसन्ध्याको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले लेकसाइडमा आयोजना गरेको हो । 

लेकसाइडको फिस्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३.५ किलोमिटर सडकमा सुरु महोत्सवको फेवाताल किनारमा रहेको कोमागाने पार्कमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्थासँगै देशका विभिन्न भागबाट आएका सांस्कृतिक समूहको झाँकी र नृत्यसहितको र्‍याली कोमागाने पार्कमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २४ वर्षदेखि यही समयमा महोत्सव आयोजना गर्दै आएको रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिने गर्दछन् । महोत्सवमा रेबानमा आबद्ध रेस्टुरेन्टसँगै खाना र अन्य गरी तीन सय ५० वटा स्टल सडकमा राखिएका छन् ।

महोत्सवमा जाने पर्यटकहरूले सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, घरेलु एवं हस्तकलाका सामग्री, लाइभ ब्यान्ड, पन्चेबाजा, गन्धर्व गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुतिसमेत हेर्न पाउनेछन् ।

पोखरा र यसआसपासका क्षेत्रमा रहेका नेपाली कला, संस्कृति, रहनसहनलगायतका वस्तुलाई जगेर्ना गर्नुका साथै विदेशी पर्यटकमाझ चिनाउने मुख्य उद्देश्यसमेत रहेको रेबान पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङले बताए । पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले समेत महोत्सव आयोजना गर्दै आइएको उनको भनाइ छ ।

महोत्सवलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र लेकसाइडका व्यवसायीले लेकसाइडसँगै फेवाताल किनारालाई बेहुलीजस्तै सिँगारेका छन् । महोत्सव आयोजना हुने सडकमा ध्वजापताका, ब्यानरसँगै स्वागतद्वारले झकिझकाउ पारिएको छ भने सडकका दाँयाबायाँ रहेका रूखहरूसँगै आफ्नो रेस्टुरेन्ट, होटेलसँगै अन्य पसलमा सडक क्षेत्रमा रहेका रूखहरूमा राखिएको रंगीचंगी बत्तीका कारण लेकसाइड क्षेत्र झनै आकर्षक देखिएको छ । महोत्सवमा सहभागी हुन र पोखरा घुम्न आउने आन्तरिक पर्यटकहरूको पोखरामा चाप बढ्दै गएको छ ।

ad
ad