मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Tuesday, 17 December, 2024
२o७९ पौष १३ बुधबार १५:३o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

२४औँ पोखरा सडक महोत्सव सुरु, लेकसाइडमा जताततै रौनक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार १५:३o:oo

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित आजबाट पोखरामा २४औँ संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ ।

अग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन नेपाल (रेबान) पोखराको आयोजनामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु महोत्सव १७ पुससम्म चल्नेछ । 

लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३.५ किलोमिटर सडकमा सुरु महोत्सवको फेवाताल किनारस्थित कोमागाने पार्कमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरेका थिए । 

महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, संघ संस्थासँगै देशका विभिन्न भागबाट आएका सांस्कृतिक समूहको झाँकी र नृत्यसहितको र्याली कोमागाने पार्कमा पुगेर उद्घाटन शत्रमा परिणत भएको थियो । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २४ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्दै आएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

महोत्सव अवधिभर त्यसक्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिने गर्दछन् । महोत्सवमा रेबानमा आबद्ध रेष्टुरेन्टसँगै खाना र अन्य गरी तीन सय ५० वटा स्टल सडकमा राखिएका छन् ।

पर्यटकहरूले सडकमै विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको परिकार, नेपालका  विभिन्न  जातीय तथा  धार्मिक सांस्कृतिक कार्यक्रम, साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, घरेलु एवं हस्तकलाका सामग्री, लाइभ ब्यान्ड, पञ्चेवाजा, गन्दर्भगायन र सडकमै  मनोरञ्जनात्मक  कार्यक्रमहरूको प्रस्तुतिसमेत हेर्न पाउनेछन् ।

पोखरा र यस आसपासका क्षेत्रमा रहेका नेपाली कला, संस्कृति, रहनसहनलगायत जगेर्नासँगै विदेशी पर्यटक माझ चिनाउने मुख्य उद्देश्यसमेत महोत्सवको रहेको रेवान पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । 

पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्धेश्यसमेतले महोत्सव आयोजना गर्दै आएको उनको भनाइ छ ।

महोत्सवलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र लेकसाइडका व्यवसायीले लेकसाइडसँगै फेवाताल किनारालाई बेहुलीजस्तै सिँगारेका छन् । महोत्सव आयोजना हुने सडकमा ध्वजापताका, ब्यानरसँगै स्वागतद्वारले झकिझकाउ पारिएको छ । 

सडकका दायाँबायाँ रहेका रुखहरूसँगै आफ्नो रेष्टुरेन्ट, होटलसँगै अन्य पसलहरूमा सडक क्षेत्रमा रहेका रुखहरूमा राखिएका रंगीचंगी बत्तीहरूले लेकसाइड क्षेत्र झनै आकर्षक देखिएको छ ।

महोत्सवमा हेर्न र पोखरामा घुम्न आउने आन्तरिक पर्यटकहरूको पोखरामा चाप बढी सकेको छ । नयाँ वर्षको अघिल्लो दिन महोत्सवस्थलमा मानिसहरूको अत्याधिक भीड हुने गर्दछ ।