मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १३ बुधबार o८:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महान्यायाधिवक्तामा पोखरेल सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार o८:४२:oo

सरकारले महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेललाई सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गर्नुपर्ने हुन्छ । पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।

पोखरेलले माओवादी नेता कृष्णबहादुर महराको बलात्कार मुद्दामा उनको पक्षमा बहस गरेका थिए । पछिल्लो प्रतिनिधिसभा विघटनका मुद्दामा विघटनको विपक्षमा बहस गरेका थिए । 

संविधानको भाग १२ मा महान्यायाधिवक्ता रहने उल्लेख छ । सर्वोच्च अदालतका न्यायाधीशसरह सेवा–सुविधा पाउने महान्यायाधिवक्ताको नियुक्तिका लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्छन् । धारा १५८ मा महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार रहने उल्लेख छ ।

राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले उनलाई शपथग्रहण गराउँछन् । यसअघि सामान्यतया राष्ट्रपतिनिवासमा शपथ कार्यक्रम हुने गरे पनि निवर्तमान महान्यायाधिवक्ता खम्मबहादुर खातीको पालामा सर्वोच्चमै शपथ समारोह सम्पन्न भएको थियो । हालसम्म शपथको स्थान तय नभएकाले कुनै तयारी नभएको सर्वोच्च अदालतका एक अधिकारीले बताए ।