१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १३ बुधबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भारत, चीन र अमेरिकासँग सहकार्य प्राथमिकतामा : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार o६:२२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत, चीन र अमेरिका सबैसँग नेपालको हितमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुन सक्ने पनि संकेत गरेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग टेलिफोनमा कुराकानी भएको पनि प्रचण्डले खुलाएका छन् । 

‘म कहाँबाट पहिला निमन्त्रणा आउँछ, त्यहीँ जान्छु । हिजो भारतीय विदेशसचिव (विनयमोहन क्वात्रा)सँग कुरा भएको थियो । त्यसकारण पहिलो भ्रमण भारत नै हुने बढी सम्भावना देख्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । प्रचण्डले भारत, चीन वा अमेरिकापरस्तको प्रश्नै नभएको भन्दै सरकार नेपाली जनता र नेपालप्रति उत्तरदायी एवं जवाफदेही भएर काम गर्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतसँग विश्वासको आधारमा सम्बन्ध अघि बढेको पनि बताए । ‘भारतसँग विभिन्न परियोजनालगायतका विषयमा सहकार्य हुँदै आएको छ । हामी सही दिशामा सम्बन्धलाई अघि लैजानेछौँ । प्रो नेपालको लाइनमा हामी अघि बढ्छौँ,’ प्रचण्डको भनाइ थियो । नेपाल र भारतबीच आपसमा मिलेर एक–अर्काको जायज चासो सम्बोधन गर्ने प्रचण्डले बताए । पछिल्लो भारत भ्रमणमा दुई देशका विषयमा भारतीय नेताहरूसँग खुला रूपमा कुराकानी भएको पनि प्रचण्डले बताए । 

प्रधानमन्त्री भएपछि पहिलो कूटनीतिज्ञका रूपमा भारतीय राजदूत नवीन श्रीवास्तवले आफूलाई टेलिफोन गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा पहिलो बधाई दिएको प्रचण्डले स्मरण गरे । ‘म शपथग्रहणका लागि जाँदै गर्दा भारतीय राजदूतका तर्फबाट बधाई आयो । तपाईं नै मलाई बधाई दिने पहिलो डिप्लोम्याट हो भनेको थिएँ,’ प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले दुई देशबीच द्विपक्षीय मित्रता सुदृढ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर काम गर्न प्रतिक्षारत रहेको पनि बताएका छन् । मोदीले दिएको बधाईप्रति ट्विटरमा जवाफ फर्काउने क्रममा प्रचण्डले दुई देशबीच निकट सांस्कृतिक सम्बन्ध र प्राकृतिक आत्मीयता रहेको पनि स्मरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई ट्विटरबाट बधाई दिएका पाकिस्तानी प्रधानमन्त्री शाहनवाज सरिफलाई पनि ट्विटरबाटै जवाफी धन्यवाद दिएका छन् । 

ad
ad
ad
ad