१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०९:५२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ओखरले बढाउँछ मेमोरी पावर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०९:५२:००

नट्स : बदाम, काजु, आल्मोन्ड, ओखर, कटुस नट्सअन्तर्गत पर्छन् । प्रशस्त प्रोटिन र क्याल्सियम पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले यो राम्रो मानिन्छ । दिनमा दुई वा तीनवटा नट्स खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । तर, अत्यधिक सेवन गर्न भने हुँदैन । हड्डीलाई मजबुत बनाउने कामसमेत यसले गर्छ । रोगप्रतिरोधी क्षमता बढाउँछ । ओखरले दिमागको मेमोरी पावर बढाउँछ । 

चकलेट : चकलेटका पनि धेरै फाइदा छन् । यसमा फाइबर पर्याप्त हुन्छ । यसले इनर्जी दिन्छ । तर, चिनीबाट बनेको चकलेट भने स्वास्थ्यका लागि राम्रो मानिँदैन । कोकोआ प्लान्टबाट बनेका डार्क चकलेट राम्रा हुन्छन् । केक बनाउँदा पनि यसको प्रयोग गर्ने गरिन्छ । 

अलैँची : अलैँचीले जिउ तताउँछ । मुखलाई पनि फ्रेस राख्छ । यसले छालामा पनि निखार ल्याउँछ । सुकमेल र ल्वाङले पनि मुखलाई फ्रेस राख्छन् । 

किसमिस : किसमिस सिट्रस फुड हो । यसमा आइरन पोटासियम, क्याल्सियम तथा फाइबर प्रशस्त मात्रामा पाइन्छ । जो स्वास्थ्यका लागि लाभदायक छ । 

फलफूल : फलफूलका फाइदैफाइदा छन् । हरेक फलफूलका अलग विशेषता हुन्छन् । तिहारमा विशेषगरी सिट्रस फलहरूको प्रयोग बढी हुन्छ । अम्लीय पदार्थ दिने फलहरू ज्यामिर, मौसम, सुन्तला, भोगटे, कागती, भुइँकटहर यसमा पर्छन् । यस्ता फलमा भिटामिन डी र सी पर्याप्त पाइन्छ ।