पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुँदै छ । उनी उपप्रधानसहित गृहमन्त्री बन्दै छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा अब केहीबेरमै नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउँदै छिन् । लगत्तै मन्त्रीहरूको पनि शपथग्रहण हुनेछ ।
लामिछानेले आफूले उपप्रधानसहित गृहमन्त्रीको शपथ लिने तयारी भएको जानकारी दिए । उनले सरकारमा सहभागी हुने भएपछि सुरुदेखि नै गृहमन्त्रीमा दाबी गरिरहेका थिए ।
सुरुमा माओवादीबाट सरकारमा उपप्रधानमन्त्री बन्न लागेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गृहमा दाबी गरेका थिए । तर, लामिछानेले गृहको दाबी नछाडेपछि प्रचण्डले श्रेष्ठलाई परराष्ट्र मन्त्रालय दिएर लामिछानेलाई गृह मन्त्रालय दिने सहमति गरेका हुन् ।