Skip This
‘वर्ल्डकप फाइनल र नेपाली राजनीति ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘वर्ल्डकप फाइनल र नेपाली राजनीति ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार १५:४२:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भर्खरै सम्पन्न वर्ल्डकप फाइनल र नेपालको राजनीति उस्तै रोमाञ्चक भएको टिप्पणी गरेका छन्। 

उनले आइतबार ट्विटरमा लेखेका छन्, ‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?’

उनले आइतबार बिहान बसेको सत्तागठबन्धनमा सहमति हुन नसकेपछि  बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिपछि धरापमा परेको गठबन्धन र सरकार गठनको नयाँ परिदृश्यबारे यस्तो टिप्पणी गरेका हुन्। 

बालकोट बैठकमा सहभागी हुन पुगेका सजपा नेता अशोक राईले  नयाँ गठबन्धन बनेर सरकार निर्माण गर्ने संकेत देखिएको बताए। यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कांग्रेससहितको सरकार बन्ने सम्भावना सकिएको बताएका छन्। 

हालै सन्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?

— Baburam Bhattarai (@brb1954) December 25, 2022