मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १० आइतबार ०९:१६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १० आइतबार ०९:१६:००

आफू नेपाली नै भएको भनेर झुटो विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिक मोहमद नुर आलम पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । 

१० वर्षअघि म्यानमारबाट नेपाल आई उनी सर्लाही त्रिभुवननगरमा बस्दै आएका थिए । आफू नेपाली नागरिककै सन्तान भएको विवरण पेस गरी उनले नागरिकता र राहदानी बनाएका हुन् ।

ठगीसम्बन्धी एक घटनाको अनुसन्धानमा उनलाई पक्राउ गर्दा नागरिकता र राहदानीको विवरण पत्ता लागेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताए । आलमले झुटो विवरण पेस गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताका आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्रमाणित भएको प्रहरीले जनाएको छ । उनले सर्लाहीको मदरसामा पढाउँदै आएका थिए । 

सुरुमा उनीमाथि किर्ते मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । झुक्याएर नागरिकता लिएको घटनामा सर्लाहीबाट थप अनुसन्धान गराउन प्रहरी तयारी छ । त्यसमा थप व्यक्तिहरूमाथि समेत अनुसन्धान हुने सम्भावना छ ।