पाकिस्तानमा अल्पसंख्यक आयोगका अध्यक्षद्वारा नेपाली राजदूतसँग भेटवार्ता

शनिबार, ९ पुष, २०७९
डिजिटल संस्करण

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग पाकिस्तानको अल्पसंख्यकसम्बन्धी आयोगका अध्यक्ष चेलाराम केवलानीले शनिबार शिष्टाचार भेट गरेका छन्।

भेटवार्तामा पाकिस्तानका अन्तरधार्मिक सद्भाववारे छलफल भएको राजदूत अधिकारीले जानकारी दिएका छन्। पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायको प्रतिनिधित्व गर्ने केवलानीलाई राजदूत अधिकारीले रुद्राक्षको माला लगाइदिएका थिए।

अध्यक्ष केवलानीले आयोगले गरेका कामहरूका बारेमा राजदूत अधिकारीलाई जानकारी गराएका थिए। उनले अल्पसंख्यक समुदायको हितमा गरेको प्रयासप्रति राजदूत अधिकारीले प्रशंसा व्यक्त गरेका थिए। 

दुई देशबीच नै अन्तरधार्मिक सद्भावका विषयमा छलफल भएको अधिकारीले बताएका छन्। केवलानीले भेटवार्ता सार्थक भएको भन्दै समयका लागि राजदूत अधिकारीलाई धन्यवाद दिएका छन्। 

सुझावित समाचार