१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुपदार्थ कारोबारमा संलग्न ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:५१:oo

अवैध लागुऔषध कोकिन र चरेसको कारोबारमा संलग्न तीन विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ।

ब्राजिलबाट ल्याइएको पाँच केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए। बरामद कोकिनको बजारमूल्य १२ करोड नाै लाख ६० हजार रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, ३३ केजी चरेससहित अन्य चारजनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ। गत पुस ४ गते काठमाडौंको चन्द्रागिरि बस्ने ६४ वर्षका अल्कबहादुर तामाङ, धादिङकी २७ वर्षकी स्यानी चेपाङ, सोही ठाउँका चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरण ल्याल्टसेनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीहरूबाट बरामद गरिएको चरेसको बजारमूल्य १८ लाख १५ हजार रहेको खनालले बताए।

ad
ad