१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष ८ शुक्रबार ०८:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सूर्यज्योतिको एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
२०७९ पौष ८ शुक्रबार ०८:२२:००

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरन्सले बिहीबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बिमा क्षेत्रमा यो तेस्रो र जीवन बिमा कम्पनीको हकमा पहिलो सफल मर्जर हो । मर्जरपछि कम्पनीको नाम सूर्यज्योति राखिएको छ । 

मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी चार अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासिकका आधारमा कम्पनीको लगानी २८ अर्ब रुपैयाँ पुग्ने भएको छ । कम्पनीको जीवन बिमा कोषमा २२ अर्ब रुपैयाँ पुगेको छ । बिमाशुल्क आर्जन दुई अर्ब २७ करोड पुगेको छ भने नाफा ४२ करोड हुने जनाइएको छ । 

कम्पनीको कर्मचारी संख्या ६ सय ७५ पुगेको छ । १३ लाखभन्दा बढी पोलिसी होल्डर हुने भएका छन् । ७५ हजार अभिकर्ता हुनेछन् । एक सय ८१ वटा शाखा कार्यालय र १५ वटा प्रोडक्ट हुने कम्पनीले जनाएको छ । मर्जरपछि बनेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाशविक्रम खत्री नियुक्त भएका छन् । 

मर्जरपछि कम्पनी पुँजीका आधारमा नेपालको तेस्रो ठूलो बिमा कम्पनी बनेको छ । नेपाल लाइफ र नेसनल लाइफ इन्स्योरेन्सपछि सूर्यज्योति ठूलो कम्पनी बनेको हो । जगेडा कोषका आधारमा नेपाल लाइफपछि दोस्रो ठूलो कम्पनी बनेको छ । यसअघि हिमालयन इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जर भएको थियो । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच पनि मर्जर भई एकीकृत कारोबार सुरु भइसकेको छ ।