१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ६ बुधबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार o९:४२:oo

कांग्रेस संसदीय दलको निर्वाचनमा भएको मनोनयन दर्ताले कस्तो संकेत दिएको छ ? 
कांग्रेसको इतर समूहमा संसदीय दलको नेतालाई लिएर ध्रुवीकरणको अवस्था थियो । तर, मनोनयनसँगै ‘पिक्चर क्लियर’ भएको छ । पछिल्लो अवस्थाका आधारमा संस्थापन समूहबाट ंकेही सांसद इतर समूहमा आउन सक्ने सम्भावनालाई पनि अनुमान गर्न सकिन्छ । महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने अवस्था आउनु  गगन थापाको ठूलो उपलब्धि हो । र पनि, थापाको पक्षमा अप्रत्याशित नतिजा आएको अवस्थामा बाहेक अहिले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले गरिरेहको प्रयासले नै निरन्तरता पाउने अवस्था छ । 

समग्रमा भावी सरकार गठनको सम्भावना कस्तो देख्नुहुन्छ ? 
सबैभन्दा पहिलो प्रयास वर्तमान गठबन्धनकै निरन्तरता हुने देखिन्छ । नयाँ परिस्थितिमा तत्काल वामपन्थी सरकार बन्ने सम्भावना देखिँदैन । वामपन्थीहरूलाई पनि नयाँ परिस्थितिमा केही समयका लागि गठबन्धनलाई नै विश्वास गर्नुको विकल्प छैन । एमाले नेतृत्वको सरकारका लागि पनि अहिले भरपर्दो आधार देखिँदैन । तर, एमालेले गठबन्धनलाई टुटाउने प्रयास भने गर्न सक्छ ।

सरकार गठनमा साना दलको भूमिका कस्तो हुन सक्छ ? 
सत्तारूढ गठबन्धनले अध्यादेश राष्ट्रपतिसामु पठाएर राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका साना दललाई एक किसिमले आफ्नो पक्षमा पारेको देखिन्छ । स्वतन्त्र पार्टीको बढी सिट रहेकाले धेरै भागबन्डामा जान चाहेको देखिँदैन । 
 

ad
ad
ad
ad