Skip This
‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ५ मंगलबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १६:२७:oo

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले सोमबार चितवनको सौराहास्थित होटेल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रममा देशभरिबाट शाखा–उपशाखा प्रमुख र अधिकृतहरूसमेत गरी ७५ जनाको उपस्थिति रहेको थियो। समारोहमा अध्यक्ष शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तिकरणका लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए।

समाजमा पिछडिएका तथा आर्थिक रूपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति नहुने भएकोले उनीहरूलाई अगाडि बढाउन यस्ता कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावबारे चर्चा गरेका थिए।

आव ०७९/८० भित्र परीक्षणको रूपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सुरु गरिने संस्थाले जनाएको छ। कार्यक्रममार्फत ६० महिलालाई प्रत्यक्ष रोजगारी र तीन हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ।

कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलालाई तालिम दिने, रोजगारीका लागि बिमालगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने संस्थाले जनाएको छ।

यसअघि महालक्ष्मी लाइफ इन्स्योरेन्सले ०७८/७९ मा विद्यार्थी र युवाहरूमा जीवन बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने गरी ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन गरेको थियो।

ad
ad
ad
ad