१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ४ सोमबार १o:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकको अध्यक्षमा दवाडी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार १o:५३:oo

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेश दवाडी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले दवाडीलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षमा विभिन्न संघ–संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको अनुभवसमेत रहेको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथग्रहण गराएको जनाइएको छ ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य डा. इन्दिरा मास्के श्रेष्ठ, विनोदकुमार गुरागाईं, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।