१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका वेलिङ्टन
२o७९ मङ्सिर २९ बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

न्युजिल्यान्डमा चुरोट खरिदमा प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वेलिङ्टन
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १o:४३:oo

 न्युजिल्यान्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेषगरी युवावर्गलाई लक्षित गरी सरकारले चुरोटमा आजीवन प्रतिबन्ध लगाएको हो । 

धूम्रपानलाई चरणबद्ध रूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइनेछैन । अर्थात् अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा अबको ५० वर्षपछि चुरोट खरिद गर्न चाहने व्यक्तिले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ ।   स्वास्थ्य अधिकारीहरूले भने त्यसअघि नै मुलुकबाट धूम्रपानको अम्मल हटेर जाने विश्वास गरेका छन् ।

 अधिकारीहरूले सन् २०२५ सम्ममा न्युजिल्यान्डलाई धूम्रपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानुनले चुरोट बेच्न अनुमति प्राप्त गर्ने खुद्रा विक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ ।