१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २६ सोमबार १६:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी विकास बैंकका थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १६:५६:oo

लुम्बिनी विकास बैंक लिमिटेडले थप दुईवटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ।

बैंकले ८७औँ शाखाका रूपमा ललितपुरको महालक्ष्मी नगरपालिका– स्थित इमाडोलमा  र ८८औँ शाखाको रूपमा भक्तपुरको भक्तपुर नगरपालिका– १० स्थित कमलविनायकमा सोमबारदेखि शाखाको उद्घाटन गरेको हो।  यसैगरी, ललितपुरको गोदावरी नगरपालिकास्थित लेलेमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको बैंकले जनाएको छ।

इमाडोल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले तथा कमलविनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतिले संयुक्त रूपमा गरे। लेले एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका सञ्चालक प्रतापकुमार आचार्य र गोदावरी नगरपालिका– ५ का अध्यक्ष मिलन सिलवालले संयुक्त रूपमा गरेका हुन्।

थप दुई नयाँ शाखाहरू तथा पहिलो एक्सटेन्सन काउन्टरको उद्घाटन भएसँगै बैंकको विभिन्न स्थानहरूमा गरी जम्मा ८८ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर स्थापना भएको छ।