मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २५ आइतबार १३:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भि–वोन : यु मि एन्ड द वेभ २०२२ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार १३:१o:oo

नेपाली बजारमा लोकप्रिय कुर्सी उत्पादक कम्पनी भि–वोनले देशभरका बिक्रेताहरूको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। ‘भि–वोन यु मि एन्ड द वेभ २०२२’ नाम दिइएको उक्त भेटघाट सोल्टी होटेलमा सम्पन्न भएको हो।

कम्पनीले सन् २०२३ का लागि नयाँ, आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरीरको भारअनुरूप संयोजन गर्ने तरिका) कुर्सीहरू प्रदर्शित गरी केही दिनमै देशभर उपलब्ध गराउने जनाएको छ।

भेलामा प्रदर्शन गरिएको मोन्टेश्वरी कुर्सी (बेबी चेयर)ले सबैको ध्यान आकर्षित गरेको थियो। भि–वोनको मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहको कम्पनीको दाबी छ।

केडिया समूहले नेपालभर भि–वोन कुर्सी बिक्री–वितरण गर्दै आइरहेको छ। कुर्सी बिक्रीपश्चात् वारेन्टीसम्बन्धी कार्यतालिकालाई विगतभन्दा थप सहज बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।