१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेपाली कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o७:oo

विदेशी विश्वविद्यालयको सम्बन्धनप्राप्त नेपालको इस्लिङ्टन कलेजले म्यानमार र थाइल्यान्डका कलेजको व्यवस्थापन सम्हाल्ने भएको छ । शनिबार चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङ्टन कलेजले नेपालमै पहिलोपटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो । 

इस्लिङ्टन कलेज, लन्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेन्ड टिचर र आरभिआई ग्रुपबीच लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्स अध्ययन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आरभिआई ग्रुपका आर्गस एंग, माई सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङ्टन कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका हुन् । विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्यान्डमा अध्यापन हुने भएको छ । फेब्रुअरी सेसनबाट कक्षा सञ्चालन हुनेछ ।

कलेजका अध्यक्ष सुलभ बुढाथोकीले विदेशी कलेजको व्यवस्थापन गर्ने इस्लिङ्टन पहिलो कलेज भएको दाबी गरे । उनले विदेशमा व्यवस्थापनका लागि लगानी नलैजाने र त्यहाँ आफ्ना अनुभवका आधारमा व्यवस्थापनको सीप लगेर डलर आम्दानी गर्ने बताए । विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गर्नेछ । 

सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ । आरभिआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एंगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्यान्डलगायत अन्य मुलुकमा काम गरिरहेको बताए । चार निकायको सहकार्यमा थाइल्यान्ड र म्यानमारमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत एंगले बताए । 

इस्लिङ्टन कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ । कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने व्यवस्था गर्नेलगायतको मुख्य भूमिका रहनेछ । 

इस्लिङ्टन कलेजका संकाय पनि मूल्यांकन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देशअनुसार मार्किङ प्रक्रिया सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए । ‘हामी विदेशी कलेजमा व्यवस्थापन गरेर नेपालको शिक्षा क्षेत्रमा मुख्य भूमिका खेल्न सफल भएका छौँ, यो हाम्रो मात्र होइन, मुलुकमै गर्व गर्ने विषय हो,’ उनले भने । साझेदारीअनुसार अनलाइन शिक्षाका लागि प्लेटफर्मको रूपमा माई सेकेन्ड टिचरको प्रयोग गर्दै छ ।  

ad
ad