१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

ग्लोबल भुटानी संगठनको चौथो वार्षिक सम्मेलन हुँदै, नेपालका विद्यालयमा सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:३o:oo

ग्लोबल भुटानी संगठन (जिबिओ)को चौथो वार्षिक सम्मेलन आगामी भदौ १५ गते (अगस्ट ३१)मा अमेरिकाको सेन्ट्रल ओहायोस्थित रेनोल्ड्सबर्ग सहरमा हुने भएको छ। जिबिओले पूर्वी नेपालका बेलडाँगी, दमक, झापा र पथरी शनिश्चरेमा भुटानी शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा र अन्य राहत कार्यक्रमका लागि सहयोग गर्दै आएको छ।

नेपालबाट आठ देशमा पुनर्वासका लागि गएका नेपालीभाषी भुटानी समुदायका विभिन्न संस्थाहरूसँगको समन्वयमा जिबिओले सम्मेलन गर्न लागेको अध्यक्ष डिबी राईले जानकारी दिए। उनका अनुसार ओहायो–बिसिसिओ, सेन्ट्रल ओहायो–केसिसिओको किराँत समुदाय, हिमालयन केयर सेन्टर, मेडिना होम हेल्थकेयर एलएलसी, फेसन बजार, होलसेल बजार, सोलो, मेडिकल ट्रान्सपोर्टेसनलगायतले सहयोग गरेका छन्।

वार्षिक सम्मेलनका लागि जिबिओले आयोजक समिति गठन गरेको छ। समितिमा डिबी राई, मित्र सुवेदी, धर्मिन्द्र तिम्सिना, सुदर्शन प्याकुरेल, बिबी पौड्याल, अर्जुन रसाइी, काशी अधिकारी, मेघनाथ अघिकारी, देवाशिष पौडेल, कुल चेम्दोङ,डिके याम्फु, राजु लिवाङ, आरबी खड्का, सविन धिमाल, शान्ता लामा, रमण धिमाल, डिबी अधिकारी, गोमा मिश्र, तोया आचार्य, राज प्रधान, विश्वास गुरुङ, डेम्जोङ साम्पाङ, चन्द्र सिटौला, भगत राई, विनय लुइँटेल, मिङ्मार तामाङ, कुविर अधिकारी, सोम ढकाल, झलक अधिकारी, अशोक गुरुङ,भीम गुरुङ, तरण तिवारी, विष्णु खड्का, गंगा तिवारी, हर्क सुब्बा, द्रौपदी प्रधान, शिवलाल दाहाल, इन्द्र गुरुङ, दीपक गिरी, पूर्ण राई (रञ्जु राई), शान्ता मगर, अर्जुन प्रधान, जंग कालिकोटे, मुकेश गुरुङ, जगन्नाथ अधिकारी, रञ्जित प्रधान र आनन्द विष्ट छन्।

सम्मेलनका समयमा परियोजना प्रस्तुतीकरण, वार्षिक प्रतिवेदन, बेलडाँगी, दमक, झापा र पथरी शनिश्चरेमा शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा, र राहत सहयोग कार्यक्रमहरूका विषयमा छलफल हुनेछ। सम्मेलनमा भुटानी र नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुति, जिबिओका दाताहरू, साझेदार संस्थाहरू, स्वयंसेवकहरू, प्रायोजकहरूलाई सम्मान गर्ने कार्यक्रम छ।

ग्लोबल भुटानी संगठन–जिबिओले अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, नर्वे, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित आठ भुटानी समुदायसँगको सहकार्यमा प्रारम्भिक बाल शिक्षा कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आएको छ। चार वर्षदेखि पूर्वी नेपालका बेलडाँगी, श्रीबाटिका बाल विकास केन्द्र, पथरी शनिश्चरे शिविरमा स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र राहत सहयोग गर्दै आएको जिबिओका अध्यक्ष राईले बताए।

जिबिओले विभिन्न ठाउँमा बसेका नेपालीभाषी भुटानी समुदायका आफ्ना साझेदार संस्थाहरूको सहयोगमा शिविरहरूमा मानवीय परियोजना सञ्चालन गर्दै आएको छ। हालसम्म १ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम जिबिओमार्फत प्रयोगमा आइसकेको छ।

भुटानी शरणार्थीहरूको पुनर्वासपछि, इतिहासमा यो पहिलोपटक हो, ७० भन्दा बढी नाफा, गैर–नाफा, व्यापार र सांस्कृतिक संस्थाहरू एवं दाताले जिबिओका परियोजनाहरूमा आर्थिक सहयोग विस्तार गरेका छन्। बालबालिकाहरूका लागि बालपोषण कार्यक्रम, स्वास्थ्य हेरचाहसहित झापा र मोरङमा जिबिओले २४ जनालाई रोजगारी दिइसकेको छ।

शिविरमा विपद् र शोकको अवस्थामा धेरै जोखिममा परेका परिवारहरूलाई राहत सहयोग वितरण भएको जिबिओले जनाएको छ।

ad
ad