१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेको रोसीमा आगलागीबाट १४ घर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:o५:oo

काभ्रे जिल्लाको रोसी गाउँपालिका वडा नं ४ महादेवटारमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १४ घर जलेर नष्ट भएको हो। आगलागीबाट मानव र पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। 

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिइसकेका छन्। गाउँपालिका अध्यक्ष दिनेश लामासहित जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयहरू आगो निभाउन लागिपरेका थिए। थप विवरण आउन बाँकी छ।

ad
ad