१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २३ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ मङ्सिर २३ शुक्रबार ११:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चिनी मिल बन्द हुँदा घाटा खाएरै सक्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २३ शुक्रबार ११:o३:oo

रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानले उत्पादन गरेको उखु अति कम मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेका छन् । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उत्पादन गर्ने उद्योगलाई बेच्न बाध्य भएका हुन् ।

सरकारले यस वर्ष ६ सय रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरेको भए पनि किसानले अहिले सक्खर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपैयाँका दरले उखु बेच्न थालेका छन् । चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको गढीमाई नगरपालिका–२, हथिऔलका किसान राजदेव दासले बताए ।

‘खेतमा सिँचाइको आभावका कारण अन्य कुनै बालीनाली उब्जाउन नसकिएका कारण बर्सेनि उखुखेती गर्दै आए पनि यसमा कुनै फाइदा हुँदैन,’ दास भन्छन्, ‘उब्जाइएको उखु पनि सक्खर उद्योगले न्यून मूल्य निर्धारण गरेर लिने गरेको छ । तर, बाध्य भएर बेच्नुपर्छ ।’      

किसानले खेतमा लगाएको उखु बेचेर पुनः मुसुरोलगायतका बाली लगाउन सकिने भएकाले हतार–हतारमा उखु बेच्ने गरेको पाइएको छ । समय हुँदा उखु बेचेर आएको पैसाले अन्य बाली लगाउन सकिने भएकाले घाटा खाएरै भए पनि बेच्ने गरेको किसानको गुनासो छ ।

 सक्खर उत्पादकको पनि गुनासो
गढीमाई नगरपालिकाभरि हाल एक दर्जन सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेका छन । उद्योग सञ्चालकहरूले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि तीन सय रुपैयाँ प्रतिक्विन्टल हुन्छ, खपत बढी भयो भने चार सयदेखि साढे चार सयसम्ममा उखु लिने गरेका छन् ।

१२ क्विन्टल उखु पेलेर एक क्विन्टल सक्खर उत्पादन हुँदै आएको गढीमाई नगरपालिका–२ का सक्खर उत्पादक व्यवसायी रामेश्वर दासले बताए । उत्पादित सक्खरमध्ये कालो सक्खरको पाँच हजार र सेतो सक्खरको ६ हजार पाँच सय रुपैयाँ प्रतिक्विन्टल बजार मूल्य रहेको उनले जानकारी दिए । आफ्नो उद्योगमा प्रत्यक्ष रूपमा सातजनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएको उनको भनाइ थियो ।

 भारतबाट अवैध रूपले आउने सक्खरका कारण आफ्नो व्यवसाय नै घराशायी बन्दै गएको गढीमाई नगरपालिका–२, स्थित सञ्चालनमा रहेको सुसारत गुड उद्योगका सञ्चालक रामप्रवेश दासले सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको उनको भनाइ छ ।

भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार उत्पादन गरिएको सक्खर बेच्नुपरेकाले लगानीअनुसारको मूल्य आउन नसकेको उनको गुनासो छ । रौतहटमा उत्पादित सक्खर जिल्लाकै विभिन्न स्थानबाट आएका व्यवसायीहरूले लग्ने गरेका छन् । माघेसंक्रान्ति आउन केही समय बाँकी भए पनि उद्योगी र व्यापारीले सक्खर खरिद गरी स्टक गर्दै आएका छन् । सक्खर उत्पादनका लागि करिब दुई महिना मात्र उखु क्रसिङ हुने उद्योगीहरूको भनाइ रहेको छ ।

ad
ad
ad
ad