Skip This
ट्राफिक चेकिङका क्रममा ५४२ चालक कारबाहीमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्राफिक चेकिङका क्रममा ५४२ चालक कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:५८:oo

काठमाडौं उपत्यकामा बिहीबार गरिएको विशेष चेकिङका क्रममा पाँच सय ४२ जना सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  सडकमा पानी चुहाएर ट्यांकर चलाउँदै गरेका चारजना, कागजपत्र साथमा नराखी सवारी चलाउने नाैजना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १४ जना गरी २६ जना पानीट्यांकरका चालक कारबाहीमा परेका छन् ।

यसको साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा चार सय ९५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चेकिङकै क्रममा ठूलो आवाज निकाल्ने तीनवटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।    

काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

 

ad
ad