१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २१ बुधबार
  • Wednesday, 02 July, 2025
२o७९ मङ्सिर २१ बुधबार ११:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिखर पावरको आइपिओ ग्लोबल आइएमई क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २१ बुधबार ११:२२:oo

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरका नौ लाख ९२ हजार पाँच सय ८० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा शिखर पावर डेभलपमेन्टका प्रबन्ध निर्देशक हेमराज आचार्य र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् ।  

०७२ सालमा स्थापना भई ०७९ सालमा पब्लिक कम्पनीका रूपमा परिणत भएको शिखर पावर डेभलपमेन्ट लिमिटेडको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड आठ लाख ६० हजार रुपैयाँ रहेको जनाइएको छ । संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको यस कम्पनीमा १० जना संस्थापक सेयरधनीबाट २३ करोड १६ लाख दुई हजार रुपैयाँबराबरको सेयर पुँजी चुक्ता भइसकेको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत् रूपमा दर्ता भएको यस कम्पनीद्वारा निर्माणाधीन बाग्लुङको बडिगाड गाउँपालिकास्थित ४.९६ मेगावाट क्षमताको ‘भीमखोला साना जलविद्युत् आयोजना’को करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

सोही आयोजनाको क्यास्केड आयोजना ६.०५ मेगावाटको ‘लोअर भीमखोला क्यास्केड जलविद्युत् आयोजना’ पनि प्रवद्र्धन भइरहेको तथा भविष्यमा अरू पनि थप हाइड्रोपावर, होटेल, कृषिलगायतका क्षेत्रमा लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्यले बताए ।