१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Thursday, 03 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २० मंगलबार १९:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘मौद्रिक नीति र बढी ब्याजदरले व्यवसायी धराशायी भए’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १९:११:oo

मन्त्रिपरिषद् बैठकमा विद्यमान मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने चर्चा भएको छ। 

मौद्रिक नीति र बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय आजको मन्त्रिपरिषद् बैठकमा उठेको हो। 

एक मन्त्रीले दिएको जानकारीअनुसार गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा राखेका थिए। 

गृहमन्त्री खाणले समाधानका लागि सरकारले तत्काल पहल नगरे उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा राखेका थिए। 

तीनजना मन्त्रीको धारणा सुनेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए। 

अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्रीले सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने धारणा राखेको ती मन्त्रीले जानकारी दिए। 

गलत मौद्रिक नीतिका कारण आफूहरू व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध संघसंस्थाहरूले हालै प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत विभिन्न मन्त्रीसँग समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए।