मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Monday, 31 August, 2026
२o७९ मङ्सिर २० मंगलबार १o:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विन नेपाल लघुवित्तको एफपिओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १o:५३:oo

 विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ रहेको साधारण सेयर प्रिमियम थप गरी गर्न लागेको सार्वजनिक सेयर निष्कासन (एफपिओ)का लागि एपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले ५१ हजार दुई सय ९३ कित्ता सेयर एफपिओ जारी गर्न लागेको हो । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले हस्ताक्षर गरेको जनाइएको छ ।