१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Friday, 05 July, 2024
२o७९ मङ्सिर २० मंगलबार o७:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्पेनलाई मोरक्कोको चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार o७:४८:oo

समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्को समूह ‘एफ’को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । यसक्रममा उसले बेल्जियम र क्यानडालाई हरायो भने क्रोएसियासँग बराबरी खेल्यो । 

पहिलो खेलमा साबिक उपविजेता क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो । अन्तिम खेलमा क्यानडालाई २–१ ले पराजित गर्दै अफ्रिकन टोलीले इतिहासमै दोस्रोपटक अन्तिम १६ मा स्थान बनाएको हो । यसअघि सन् १९८६ मा अन्तिम १६ मा पश्चिम जर्मनीसँग १–० ले पराजित हुँदै मोरक्को बाहिरिएको थियो ।

प्रशिक्षक वालिड रेग्रागुई आफ्नो टोली निकै प्रभावशाली रहेको मान्छन् । मोरक्कोबाट सोफयान अम्रबात, योसेफ इन नेस्री, नायफ अगुअर्ड र अच्राफ हाकिमीले महत्वपूर्ण प्रदर्शन गर्दै आएका छन् । त्यसैले पनि मोरक्को जारी कतार विश्वकपमा बलियो देखिएको छ । 

सन् २०१० को विश्वविजेता स्पेन मंगलबार राति एजुकेसन सिटी मैदानमा मोरक्कोलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउने ध्यानमा हुनेछ, युवा खेलाडीको जोस मोरक्कोविरुद्ध देखिनेछ । मिडफिल्डमा अनुभवी कप्तान सर्जियो बुस्केटसँगै युवा खेलाडी पेड्री र गाभीले राम्रो गरिरहेका छन् । त्यसैगरी, स्ट्राइकरमा डानी ओल्मो र अनुभवी खेलाडी अल्भारो मोरटाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जारी विश्वकपमा तीन गोल गर्दै मोरटा ‘गोल्डेन बुट’को दौडमा छन् । 

पेरिस सेन्ट जर्मेन (पिएसजी)का राइट ब्याक हाकिमीको चोटले मोरक्कोलाई सताउन सक्छ । यद्यपि, उनी फिट भएर मैदान उत्रनेमा आशावादी छन् । त्यसैगरी, सेलिम अमालाहले फिट छन् । स्पेनका केसार अज्पिलिक्वेटा र डानी कार्भाजाल मोरक्कोविरुद्ध फर्कन सक्छन् । 

दुईबीच हालसम्म तीनपटक भेट भएको छ । विश्वकपमा मात्र एक भेट भएको छ । दुईबीच पहिलो भेट सन् १९६२ विश्वकपमा भएको थियो । पहिलो लेगमा स्पेनले १–० ले जिते पनि मोरक्कोले दोस्रो खेलमा ३–२ को पुनरागमन गरेको थियो । दुईबीच पछिल्लो भेट सन् २०१८ विश्वकपमा हुँदा खेल २–२ मा सकिएको थियो । 

 स्विट्जरल्यान्डसँग पोर्चुगल सतर्क
समूह चरणमा समान दुई खेल जितेका पोर्चुगल र स्विट्जरल्यान्ड मंगलबार लुसेल मैदानमा प्रतिस्पर्धा गर्दै छन् । युरोपेली दुई राष्ट्रबीचको भिडन्त निकै रोचक बन्ने अनुमान गरिएको छ । पोर्चुगल समूह ‘एच’ विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ उपविजेता भएको थियो । युरोपेली राष्ट्रबीच कतार विश्वकपको प्रिक्वार्टरफाइनलमा पहिलोपटक भिडन्त हुन लागेको हो । 

सन् २००६ पछि पोर्चुगल प्रिक्वार्टरफाइनलमा पुगेको हो । सन् २०१६ को युरोपियन च्याम्पियन पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उपाधि दाबेदारी राखेको छ । सन् १९६६ को विश्वकपमा तेस्रो भएको पोर्चुगलले त्यसयता विश्वकपमा ठूलो उपाधि चाख्न पाएको छैन । दुईबीचको भेटमा पोर्चुगल बलियो स्थितिमा छ । पोर्चुगलले ११ खेल जितेको छ । यसैगरी, पाँच खेल बराबरीमा सकिएका छन् । स्विट्जरल्यान्डले ९ खेल आफ्नो पक्षमा पारेको छ । दुईबीच सन् २०२२ मा भएको पछिल्लो भेटमा स्विट्जरल्यान्डले १–० को जित निकालेको छ । 

ad
ad
ad
ad