१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Friday, 18 October, 2024
२o७९ मङ्सिर १९ सोमबार १२:oo:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

लामखुट्टेको टोकाइबाट एक व्यक्ति चार साता कोमामा, ३० शल्यक्रिया !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार १२:oo:oo

 लामखुट्टेको टोकाइ अत्यन्त कष्टप्रद हुन्छ । कहिलेकाहीँ यसले डेंगुजस्ता रोग निम्त्याउन सक्छ, जुन घातक हुन सक्छ । निश्चित भाइरस वा परजीवीहरू बोक्ने किराहरूको टोकाइले गम्भीर रोग निम्त्याउन सक्छन् । हालै एक जर्मन पुरुषलाई लामखुट्टेको कारणले चार साता कोमामा मात्र पुर्‍याएन, उनमा ३० वटा शल्यक्रियासहित स्वास्थ्यसम्बन्धी विभिन्न जटिलता समेत निम्त्यायो ।

डेली स्टारको रिपोर्टअनुसार रोडरमार्क निवासी २७ वर्षीय सेबास्टियन रोत्स्के सन् २०२१ को गर्मीमा एसियाली टाइगर लामखुट्टेले टोकेपछि जीवनमरणको सँघारमा पुगेका थिए । उनले पहिलोपटक फ्लुजस्तो लक्षण अनुभव गरे, जुन केवल समस्याको सुरुवात मात्र थियो । रोत्स्केका दुईवटा औँला आंशिक रूपमा काटिए । उनमा ३० वटा शल्यक्रिया गरिएको थियो भने चार हप्तासम्म कोमामा थिए । त्यति मात्र होइन, उनी रक्त विषाक्तताबाट पनि पीडित भए, जसकारण उनको कलेजो, मिर्गौला, मुटु र फोक्सो थुप्रैपटक फेल भएको थियो ।

जंगली लामखुट्टे पनि भनिने एसियन टाइगर लामखुट्टेले दिउँसो टोक्छ । विज्ञहरूका अनुसार यसले जिंका भाइरस, वेस्ट नाइल भाइरस र डेंगु ज्वरोजस्ता हानिकारक रोगहरू सार्न सक्छ ।
 

यसबाहेक रोत्स्केले आफ्नो तिघ्रामा छाला प्रत्यारोपण गर्नुपरेको थियो । घातक ब्याक्टेरियाले उनको देब्रे तिघ्राको करिब आधा भागमा असर गरेकाले उनले बाँच्ने आशा मारेका थिए ।‘म विदेश गएको छैन । स्वदेशमै लामखुट्टेले टोकेको हुनुपर्छ । त्यसपछि संक्रमणमुक्त पार्ने काम तीव्र भयो । म ओछ्यानमा थला परेँ, मुस्किलले बाथरुम जान्थेँ । ज्वरो आएको थियो र खानामा रुचि थिएन । मलाई लाग्यो कि ठिक हुँदै छ,’ आफ्नो अनुभवका बारेमा कुरा गर्दै रोत्स्केले समाचार संस्था डेली स्टारलाई भनेका छन्, ‘अचानक मैले मेरो खैरो ट्राउजर पूरै पसिनाले भिजेको थाहा पाएँ । त्यहीवेला मेरो बायाँ तिघ्रामा ठूलो दाग देखियो । एसियाली टाइगर लामखुट्टेले टोकाइ यो सबै समस्याको कारण रहेको डाक्टरहरूले बताए ।

चाँडै एक विशेषज्ञ बोलाइयो ।’ हाल बिरामी बिदामा रहेका रोत्स्केले आफू ‘अहिले ठीक’ रहेको बताउँदै अन्य मानिसलाई लामखुट्टेको टोकाइबाट सावधान रहन आग्रह गरे । जंगली लामखुट्टे पनि भनिने एसियन टाइगर लामखुट्टे दिउँसो टोक्ने किरा हुन्, जसले इस्टर्न इक्वाइन इन्सेफ्लाइटिस (इइई), जिका भाइरस, वेस्ट नाइल भाइरस र डेंगु ज्वरोजस्ता हानिकारक रोगहरू सार्न सक्छन् ।
–एजेन्सी