मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १५:४८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गरिमा विकास बैंकको एपमा अब नेपाल–पेको क्युआर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १५:४८:००

गरिमा विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ एप ‘गरिमा डिजिटल बटुवा’बाट अब नेपाल-पेकाे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ। बैंकका ग्राहकले ‘गरिमा डिजिटल बटुवा’ एप प्रयोग गरी विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरूमा रहेको नेपाल-पे क्युआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।

बैंकले नेपाल-पे क्युआरमा मर्चेन्टहरूलाई आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ। बैंकका व्यापारिक ग्राहकहरू मर्चेन्टको रूपमा आबद्ध भएर गरिमा डिजिटल बटुवा अथवा नेपाल-पे क्युआरमा आबद्ध अन्य मोबाइल बैंकिङ एप वा वालेटमार्फत सीधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन्।